arrow

मोरङको कानेपोखरीमा एमालेकी इङ्गनाम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
local-level-election-2079.jpg

विराटनगर । सम्पत्र स्थानीय तहको निर्वाचनमा मोरङको कानेपोखरी गाउँपालिकाको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ । 

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार कानेपोखरी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका राजमती इङ्गनाम आठ हजार ९७५ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सञ्जय भट्टराईले छ हजार ४६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा नेकपा एमालेका भोलाप्रसाद अधिकारी नौ हजार ५७० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनकुमारी गुरुङले सात हजार ८१८ मत प्राप्त गरेकी थिइन् । 

अध्यक्ष पदमा तेस्रो स्थानमा नेकपा माओवादीका सूर्यबहादुर धिमालले चार हजार ८३३ र उपाध्यक्षमा सोही पार्टीका तारा ओझाले एक हजार ९४० मत प्राप्त गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ