कांग्रेस मुगुका सभापति शाही सवार गाडी दुर्घटनामा, चार घाइते
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
2.1k
Shares
मुगु । कांग्रेस मुगु सभापति ऐनबहादुर शाही सवारी दुर्घटनामा परेका छन् । सोरु गाउँपालिका(६ बन्जाहा भन्ने स्थानमा शाही सवार गाडी दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
उनका अनुसार सभापति शाहीको अवस्था सामान्य छ । सभापति शाही सवार लु१ज १७७२ नम्बरको गाडी दुर्घटना हुँदा उनीसहित सोवेन्द्र मल्ल, सुवर्ण शाही , कुबेर शाही र राजेन्द्र शाही सामान्य घाइते भएका छन् ।