arrow

पोखरामा सवारी दुर्घटना, तनहुँका नवीनको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
accident-final-1618290232.jpg

पोखरा । पोखरामा मंगलबार साँझ सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ९ का २० वर्षीय नवीन थापा रहेका छन् ।

सो दुर्घटनामा घाइते भएका २१ वर्षीय दीपेन्द्र रावतको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पोखरा २९ आदर्शचोकमा पोखराबाट तनहुँतर्फ जाँदै गरेको ग१३प ८१०६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ९३८१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । 

सो दुर्घटनामा गम्भीर घाइते भएका नवीनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ