arrow

सुनसरीको इनरुवा प्रमुख -उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
nepali-congress-flag-tree00.jpg

सुनसरी । सुनसरीको सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 

बिहिवार साँझ सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार प्रमुखमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका केदार भण्डारी र उपप्रमुखमा पार्टीका उम्मेदवार विनिताकुमारी मेहता विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार सरोजकुमार पोखरेललाई दुई हजार ७७१ मतान्तरले पराजित गर्दै भण्डारी नगरप्रमुखमा निर्वाचित भए । भण्डारीले ११ हजार ६१६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी पोखरेलले नौ हजार ५३ मत प्राप्त गरे । 

त्यसैगरी उपप्रमुखमा नेकपा (एमाले)का सहजादी प्रवीणलाई एक हजार ९१८ मतान्तरले पराजित गर्दै मेहता विजयी भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ