arrow

उपत्यकामा बिहानैदेखि वर्षा, आज धेरै क्षेत्रमा वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
monsoon-weather-cloud-rain.jpg
तस्बिर– फाइल

काठमाडौं । आज काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भएको छ । बिहान भारी वर्षा भएकामा त्यसपछि भने कम भएको छ । तर रोकिँदै सिमसिमे वर्षा हुने क्रम भने चलिरहेको छ । बिहान बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी र  अन्य प्रदेशका पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । राति प्रदेश १, मधेश  प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिबार प्रदेश १, मधेश  प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र  अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आइतबार पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना छ । 



नयाँ