arrow

एलन मस्कमाथिको एक आरोप सुल्झाउन स्पेसएक्सले ३ करोड तिरेको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
musk.jpg

काठमाडौं । स्पेसएक्सका सीईओ एवं विश्वकै धनाढ्य एलन मस्कले कम्पनीको कर्पोरेट जेट विमानमा एक फ्लाइट अटेन्डेन्टलाई यौन प्रस्ताव राखेको आरोप समाधान गर्न कम्पनीले २ लाख ५० हजार अमेरिकी डलर (करिब ३ करोड नेपाली रुपैयाँ बराबर) तिरेको बिजनेस इनसाइडरले रिपोर्ट गरेको छ ।

इनसाइडरले बिहीबार तेस्रो पक्षमार्फत त्यो पनि स्रोत गोप्य राख्दै सार्वजनिक गरेको यो कुरा आफू विरुद्ध राजनीतिक रूपमा प्रेरित प्रहार भएको एलन मस्कले बताएका छन् ।

ती फ्लाइट अटेन्डेन्टले आफ्नो साथीलाई बताए अनुसार मस्कले लन्डनको उडानको क्रममा आफ्नो निजी केबिनमा हुँदा ती फ्लाइट अटेन्डेन्टलाई प्रस्ताव गरेका थिए ।

इनसाइडरले प्रकाशित नभएका कागजात र इमेललाई उद्धृत गर्दै र त्यो फ्लाइट अटेन्डेन्टको साथीको नाम समेत नलेखेरै यो कुरा उल्लेख गरेको छ ।

मस्कले आफ्नो ठाडो लिंग फ्लाइट अटेन्डेन्टअघि गर्दै, सहमति बिना उनको (फ्लाइट अटेन्डेन्टको) खुट्टा रगडेको र कामुक मसाज गरिदिएमा घोडा किनिदिने प्रस्ताव गरेको कुरा ती फ्लाइट अटेन्डेन्टले आफ्नो साथीलाई भनेको कुरा इनसाइडरले अन्तर्वार्ता र कागजातहरूमा फेला पारेको भन्दै उल्लेख गरेको छ ।

यो कुरा अस्वीकार गरेको कुरा समेत ती फ्लाइट अटेन्डेन्छले आफ्नो साथीलाई बताएकी थिइन् ।

इनसाइडरका अनुसार ती फ्लाइट अटेन्डेन्टले स्पेसएक्सको मानव संसाधन विभागमा उजुरी दर्ता गरेकी थिइन् । त्यसपछि उनले यो विषयमा कसैलाई नभन्ने र मुद्दा नहाल्ने सहमति गर्दै २ लाख ५० हजार डलरको विच्छेद प्याकेजमा हस्ताक्षर गरेकी थिइन् ।

इनसाइडरका अनुसार ती फ्लाइट अटेन्डेन्ट घोडा चढ्ने गर्थिन् । मस्ककाे शरीरको मसाजका क्रममा उनले यस्तो प्रस्ताव गरेको इन्साडरले उल्लेख गरेको छ ।

यस विषयमा इनसाइडरलाई मेल लेख्दै मस्कले यो राजनीतिक रूपमा प्रेरित प्रहार भएको बताउँदै यो घटनाको पछाडि अनेकौँ कुराहरू रहेको बताएका छन् । स्पेसएक्सले केही कर्मचारीहरूको मसाजका लागि इन हाउस मसाज थेरापिस्ट राख्ने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ