arrow

एमसीसी अनुमोदन गरेकोमा जियाले दिइन् धन्यवाद, अमेरिकाले थप आर्थिक सहयोग गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
jiya-khad.PNG

काठमाडौं । संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गरेकोमा धन्यवाद दिएकी छन् । 

गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटमा उपमन्त्री जियाले एमसीसी सांसदबाट अनुमोदन गरी नेपालको विकास र गरिबी निवारणतर्फ नेपाल सरकार अग्रसर भएकामा अमेरिकी सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरेकी थिइन् । 

त्यस अवसरमा उपमन्त्री जियाले अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोगमा बढोत्तरी गरेको जानकारी पनि दिएकी थिइन् ।

गृहमन्त्री खाँणले भूकम्पपछिको पुनः निर्माण र कोभिडको रोकथाम तथा नियन्त्रणमा प्राप्त अमेरिकी सहयोगका लागि धन्यवाद व्यक्त गरे । 

गृहमन्त्री खाँणले नेपाल आफ्नो छिमेकी देश भारत र चीनको सुरक्षा संवेदनशीलताप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै विश्वमा स्वतन्त्रता, मानवअधिकार र लोकतन्त्रका क्षेत्रमा अमेरिकाले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे । 

साथै यस भेटका क्रममा नेपालको तर्फबाट भुटानी शरणार्थीको तेस्रो देश पुनर्वासको लागि अमेरिकाले गरेको सहयोगका लागि मन्त्री खाँणले अमेरिकी सरकारप्रति आभार व्यक्त गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ