arrow

नवनिर्वाचित जनप्रतिनिधिहरूलाई कांग्रेस नेता गिरीले दिए बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
deepak-giri-ministor.jpeg

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । 

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट विजयी भएका देशभरका सबै जनप्रतिनिधिहरूलाई गिरीले बधाई दिँदै शुभकामना व्यक्त गरेका हुन् । 

उनले जनआकाङ्क्षा अनुरूप काम गर्दै आफ्नो र पार्टीको छवि माथि उठाउन नवनिर्वाचित जनप्रतिनिधहरुले हर सम्भव प्रयत्न गर्ने विश्वास व्यक्त गरेका छन् । 

सत्तारुढ दलहरूबिच भएको चुनावी गठबन्धनबाट विजयी अन्य दलका जनप्रतिधिहरुलाई पनि बधाई एवम् शुभकामना दिँदै उनले गठबन्धनको मर्म अनुरूप काम गर्दै विकास, समृद्धि र सुशासन कायम गर्न अबको पाँच वर्ष कोशेढुंगा साबित हुने विश्वास समेत व्यक्त गरेका छन् । 

केन्द्रीय सदस्य गिरीले जनताको आशा र भरोसालाई टुट्न नदिई जनमैत्री व्यवहार प्रदर्शन गर्दै जन सेवकका रूपमा इमानदारीपूर्वक काम गर्न आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ