- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा। मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुख पदमा एमालेकै मीना उप्रेती २१ हजार ५९० मत पाएर निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८१८ मत प्राप्त गरेका थिए।
नगरका ११ वडामध्ये १, २, ३, ४, ५, ७, ९, १०, ११, १२, १३ का वडाध्यक्षमा एमाले विजयी बनेको छ भने वडा नं ६, ८ र १५ मा कांग्रेस र वडा नं १४ मा माओवादी केन्द्र विजयी बनेको छ।
जिल्लाका १५ वटै पालिकाको मतगणनाको परिणाम आइसकेको छ। तीमध्ये सात पालिकामा एमाले प्रमुख पदमा विजयी बनेको छ भने छ मा कांग्रेस र दुईमा राप्रपाले जित हासिल गरेको छ।
मेचीनगर नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको क्षेत्र हो । यसपालिको निर्वाचनमा नेपाली कांग्रेसका अधिकांश नेताहरुको क्षेत्रमा कांग्रेसले हारेको छ । सभापति शेरबहादुर देउवाको डडेलधुरास्थित आफ्नो मतदान केन्द्रको वडाध्यक्षमा समेत कांग्रेस उम्मेदवारले हारेका थिए ।