- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । तनहुँमा आज मध्यान्ह सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ भिमाद नगरपालिका वडा नं. २ की ४० वर्षीया पवित्रा थापा रहेकी छन् ।
सो दुर्घटनामा थापाका छोरा २० वर्षका सुसिर थापा गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि पोखरा ल्याइएको र पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।
उनी खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
खड्काका अनुसार पोखराबाट दमौली जाँदै गरेको ग२०प ६३३६ नम्बरको स्कूटरलाई पोखराबाटै विराटनगर जाँदै गरेको ना४ख ८४४५ नम्बरको बसले व्यास नगरपालिका वडा नं. ५ तल्लो गुणादीमा ठक्कर दिँदा दुर्घटना भएको हो ।
ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा दिएको डिएसपी खड्काले जानकारी दिए ।