arrow

बसको ठक्करबाट बेसहारा महिलाको घटनास्थलमै मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
accident-final-1618290232.jpg

सर्लाही  । सर्लाहीको हरिवन नगरपालिका–१० सुकेपोखरीमा मंगलबार राति बसको ठक्करबाट एक बेसहारा महिलाको मृत्यु भएको छ । मागी खाँदै हिँड्ने एक बेसहारा महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

काँकरभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ३२६८ नम्बरको बसले पैदल हिँडिरहेकी अन्दाजी ४० वर्षीया महिलालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

ठक्कर दिने बससहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ