arrow

पोखरामा स्कूटर दुर्घटना, एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
accident-final.jpg

पोखरा । पोखराको नागढुंगामा गएराति स्कूटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ३३ तल्लो पुडिटारका ४० वर्षीय किशोर कुमार थापा रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका थापाको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । 

सो दुर्घटनामा स्कूटर चालक पोखरा-३३ पुडिटारकै २० वर्षका नगेन्द्र केसी गम्भीर घाइते भएका छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गएराति १ बजे पोखराको एयरपोर्टबाट पृथ्वीचोकतर्फ आउँदै गरेको ग१९प ५२१ नम्बरको स्कूटर नागढुङ्गाको ओरालोमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ