arrow

आफ्नै नेता कार्यकर्ताले पनि भोट नदिएको केपी ओलीको ब्रिफिङ, चर्चा लालगद्दारकै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
kp-sharma-oli-new-2078-12-09.jpg
तस्बिर– फाइल

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचमा धाँधली भएको बताएका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बुधबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले चुनावमा धाँधली भएको ब्रिफिङ गरेका एमाले सांसद शेरबहादुर तामाङले जानकारी दिए । 

एमालेकै नेता तथा कार्यकर्ताले पनि आफ्ना उम्मेदवारलाई मत नदिएको बैठकको निष्कर्ष छ । ‘प्रमुखबाहेकमा एमालेले जितेको छ । तर, प्रमुखमा भोट हालेको देखिएन,’ तामाङले भने, ‘एमालेकै नेता कार्यकर्ताले पनि आफ्नै पार्टीका प्रमुख पदमा उम्मेदवारीलाई नहाल्ने व्यवहार देखियो ।’

के कारणले प्रमुख पदका उम्मेदवारलाई आफ्नै नेता कार्यकर्ताले भोट नदिएका विषयमा तल्लो कमिटीबाट कारण पत्ता लगाउन पत्राचारसमेत गरिएको उनले जानकारी दिए । 

एमालेले एमालेलाई धोका दिने परम्पराको विकास नेपाल कम्युनिष्ट पार्टी जन्मेदेखि नै भएको हो । पुष्पलाल लगायतले स्थापना गरेको पार्टी भए पनि स्थापनाको केही वर्षमै तिनै पुष्पलाललाईसमेत लालगद्दारको पगरी गुथ्याइएको थियो । 

अहिलेको स्थानीय तहको निर्वाचनमा त हरेक स्थानीय तहमा लालगद्दार विकसित भएको दाबीसमेत गरिएको छ । अध्यक्ष ओलीले आफूखुशी टिकट बाँडेपछि त्यसको असर हरेक स्थानीय तहमा परेको दाबी गरिएको छ । 

संघीय संसदमा मंगलबार प्रस्तुत गरिएको गरेको नीति तथा कार्यक्रममा नयाँ कुरा नआएको एमालेले दोहोर्याएको छ । 



नयाँ