arrow

माओवादीले नवनिर्वाचित जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
maoist-cpn.jpg

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले जनताको कामका लागि अभिप्रेरित गर्ने उद्देश्यले नवनिर्वाचित जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण दिने भएको छ । 

यही जेठ १८ र १९ गते काठमाडौँमा जनप्रतिनिधिका लागि प्रशिक्षणको आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । 

प्रशिक्षणमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सहभागिता हुनेछन् । जिल्ला समन्वय समिति गठन भएको अवस्थामा जिससका प्रमुख र उपप्रमुखलाई पनि कार्यक्रममा सहभागी गराइने उनले बताए । 

कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पार्टीका शीर्ष नेता र विभिन्न क्षेत्रका विज्ञले प्रशिक्षण दिनेछन् । 

पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई जनताका पक्षमा जिम्मेवारीका साथ प्रस्तुत हुन स्पष्ट निर्देशन दिने माओवादी तयारी छ । माओवादीले जनप्रतिनिधिले गर्न हुने र नहुने कामसम्बन्धी निर्देशिका पनि तयार गरिरहेको मुख्यसचिव ढकालले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ