arrow

दैलेखमा बस दुर्घटना हुँदा चारको मृत्यु, ३३ घाइते  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
accident-final-1618290232.jpg

सुर्खेत ।  कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका १ सिस्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको ना  ख ६६० नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठवीस नगरपालिकाको सिस्नेमा दुर्घटनामा परेको हो । 

दुर्घटनामा परि ४ जनाको मृत्यु भएको र अन्य ३३ जना घाइते भएको दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए । दुर्घटना भएको बस कर्णाली नदीको तिरमा छ । रातिको समय भएकोले उद्धारमा समस्या भएको खड्गराज उपाध्यायले जानकारी दिएका छन् । 

राकमबाट उद्धारका लागि प्रहरी पुगिसकेको छ, अहिले प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् । घाइते सबैको अवस्था गम्भीर छ, एम्बुलेन्स अभाव छ । हेलिकप्टरबाट सरकारले उद्धार गरिदिएको भए घाइतेहरूलाई बचाउन सजिलो हुने खड्गराज उपाध्यायले बताएका छन् । 

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले उद्धारका कामलाई प्रभावकारी बनाउन सुरक्षा निकायको चार वटा टोली खटाएको बताएका छन् । शाहले दैलेख, दुल्लु, आठवीस र तल्लो डुँगेश्वरबाट उद्धारका लागि टोली पठाएको बताएका छन् । 

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ