arrow

बैंगलोर आईपीएलको क्वालिफायरमा, बाहिरियो लखनउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
ipl-bangalore-2022.jpg

काठमाडौं । लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ ।

पहिलो सहभागीता जनाएको लखनउ पराजित भएपछि बाहिरिएको छ । अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ । यसअघि राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । गुजरात फाइनल पुगिसकेको छ ।

बुधबार राति कोलकातामा भएको एलिमिनेटरमा बैंगलोरले दिएको २०८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९३ रनमात्र बनाउन सक्यो । 

लखनउका कप्तान लोकेश राहुलले सर्वाधिक ७९ रन बनाए । बैंगलोरका जोश हाजलउडले ३ विकेट लिए  ।  

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २०७ रनको योगफल तयार पारेको थियो । 

बैंगलोरका लागि रजत पटीदरले ५४ बलमा ७ छक्का र १२ चौकाको मद्धतले अविजित रहँदै ११२ रन बनाए ।

दोस्रो क्वालिफायर खेल शुक्रबार अहमदाबादमा राजस्थान र बैंगलोरबीच हुँदैछ । 

यसपटकको आईपीएलको फाइनल आइतबार अहमदाबादमै हुनेछ । 



लोकप्रिय समाचार
नयाँ