arrow

घरमा छिर्‍यो एम्बुलेन्स, गयो वृद्धाको ज्यान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
accident-final-1618290232.jpg

सिन्धुपाल्चोक । लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । गए राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो ।

दुर्घटनामा सुनकोसी–७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एम्बुलेन्स दुर्घटनामा परी सडक छेउँको घरमा पसेपछि खड्काको मृत्यु भएको हो । 

एम्बुलेन्स सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ