arrow

रेसुङ्गाका नगरप्रमुखले प्रस्तुत गरे हरित शहरको अवधारणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
khildhow-panti.PNG

गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले रेसुङ्गा नगरपालिकामा हरित शहरको रूपमा विकास गर्नको लागि आफ्नो अवधारणा प्रस्तुत गरेका छन् । 

नगरपालिका उपप्रमुख अमृतादेवी कुँवर, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी र १४ वटै वडाका अध्यक्षहरूसँग संयुक्त रूपमा बसेको बैठकमा नगरप्रमुख पन्थीले हरित शहरको बारेमा जानकारी गराए ।

हरित शहरको अवधारणाको बारेमा जानकारी गराउँदै नगरप्रमुख पन्थीले रेसुङ्गा नगरपालिका प्राकृतिक र वातावरणीय हिसाबले आफैमा सुन्दर र हरियाली शहर भएको हुँदा यो अवधारणा नगरको मौलिक कार्यक्रम रूपमा रहने बताए ।

नगरका आगामी कार्यक्रमहरु शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, सरसफाइ लगायत हरित शहरको परिकल्पना अनुसार अगाडि बढ्ने बताउँदै उनले भने,“यसलाई जनसहभागितामा र सबैको सुझावबाट तत्कालै नीतिमार्फत अगाडि बढाइनेछ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ