arrow

ईपीएस परीक्षा जेठ १९ बाट, दुई वर्षपछि ९ हजार नेपाली कोरिया जाँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १४ शनिबार
eps-korea.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । दुई वर्षदेखि स्थगित भएको कोरियन भाषा (ईपीएस) परीक्षा जेठ १९ गतेदेखि शुरु हुँदैछ । परीक्षा असार ३ गतेसम्म संचालन हुने जनाइएको छ । स्थानीय तहको निर्वाचनका कारण स्थगित भएको कोरियन भाषाको परीक्षा जेठ १९ गतेवाट सुचारु गर्न लागिएको हो । 

बैशाख २६ गते सञ्चालन हुने गरी यसअघि मिति तोकिएको भएपनि स्थानीय तहको निर्वाचनका कारण स्थगित भएको परीक्षा तीन सिफ्टमा सञ्चालन हुनेछ ।  

वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परीक्षार्थीलाई परीक्षा दिन मिल्ने गरी विभागले तयारी गरिरहेको छ । 

कोरियन भाषा परीक्षामा उत्तीर्णहरुमध्ये ६ हजार ९ सय ९३ उत्पादनमुलक क्षेत्रमा र २ हजार ७ सय ४१ गरी ९ हजार ५ सय १३ नेपालीहरुलाई यसै वर्ष दक्षिण कोरिया पठाउने गरी परीक्षा लिन लागिएको हो ।

वैदेशिक रोजगारका लागि आकर्षक मानिएको दक्षिण कोरियामा जानका लागि ४३ हजार भन्दा बढीले आवेदन दिएको विभागले जनाएको छ ।  

हालसम्म ७७ हजार नेपालीले कोरियामा रोजगार प्राप्त गरिसकेका छन् भने पछिल्ला दुई वर्षमा विश्वव्यापी महामारी कोरोना संक्रमणका कारण परीक्षा हुन नसके पनि सन् २०२२ मा भने नेपालीलाई लैजान कोरिया मञ्जुर देखिएपछि परीक्षा शुरु गर्न लागिएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ