arrow

तीन वायुको असरले मौसममा गडबडी, उपत्यका बिहानैदेखि बदली, ठाउँठाउँमा वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १४ शनिबार
cloud-black-weather-monsoon.jpg

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

 काठमाडौं उपत्यका बिहानैदेखि धुमिल रहेको छ । वर्षा हुन सकिरहेको छैन । फाटफुट पानीको थोपा चोएको भए पनि त्यसले निरन्तरता पाउन सकेको छैन । आकाश हेर्दा भारी वर्षा हुने छाँट देखाउँछ । 

वातावरण पनि धुलित नै छ । अहिले एयर क्वालिटी इन्डेक्स १२४ रहेको छ । 

दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत  देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। 

प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राति प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि  सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी  प्रदेशका थोरै  स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग  र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

वर्षाको सम्भावना सोमबारसम्म नै रहेको पनि महाशाखाले बुलेटिन सार्वजनिक गरी जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ