arrow

दुवैपटक माओवादीले ओलीलाई प्रधानमन्त्री बनाएको भन्दै प्रचण्डले फेरि भएर देखाउन दिए चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १४ शनिबार
prachanda-samsad-final-2079.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट फेरि ठूलो दलका नेता भएर प्रधानमन्त्री हुन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । 

यसअघि दुवैपटक ओलीलाई प्रधानमन्त्री माओवादीले बनाएको दाबी गर्दै अब एमालेको प्रधानमन्त्री बनेर देखाउन प्रचण्डले चुनौती दिएका हुन् । २०७४ को सङ्‍घीय संसद्को निर्वाचनमा माओवादीले बोकेकै कारण एमाले ठूलो दल भएको र नेकपाको तर्फबाट ओली प्रधानमन्त्री भएको बताए । 

नेकपा हुँदा पाँचै वर्ष सरकार चलाउन अध्यक्ष ओलीलाई भनिएको र आफू पार्टी सञ्‍चालन गर्ने भन्दा अन्ततः त्यसमा ओलीले अरुची देखाएको प्रचण्डको दाबी छ । 

यस्तै उनले पाँच दलीय गठबन्धन कमजोर भए वा टुटेको अवस्थामा अझै पनि देश दुर्घटनामा जाने बताएका छन् । गठबन्धन संविधान बचाउन, लोकतन्त्र बचाउन र गणतन्त्रलाई बचाउन बनेको बताए । 

हाल कांग्रेस नेतृत्वमा पाँच दलीय र एमाले नेतृत्वमा नौं दलीय अर्को गठबन्धन रहेको प्रचण्डको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ