arrow

कांग्रेसमा भोट दिएको भन्दै अहेबलाई बर्खास्त, जालो पृथ्वीसुब्बा गुरुङसम्म

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
Congress-UML_Election.jpg
तस्बिर– फाइल

बेसीशहर । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले नेपाली कांग्रेसलाई भोट दिएको भन्दै एक अहेबलाई बर्खास्त गरेको छ । मर्स्याङ्दी १, घनपोखरा स्वास्थ्य चौकीमा विगत दुई वर्षदेखि कार्यरत बिना गुरूङलाई गाउँपालिकाले बर्खास्त गरेको हो ।

एक जनाको रोजगारीमा आश्रित रहँदै आएको परिवारलाई अकस्मात जागिरबाट निकाल्दा परिवारको पालनपोषणमा समस्या आएको अहेब गुरूङका बुवा मनबहादुर गुरूङले बताए । 

लमजुङको विकट क्षेत्र नायुँमा बस्दै आएको बिना गुरूङ लगायतको  परिवारलाई यसअघि वडाध्यक्ष रुद्रमान गुरूङ र केही प्राविधिकको मिलेमतोमा भूकम्प प्रतिरोधी आवास निर्माणका लागि सरकारले प्रदान गरेको अनुदान रकममा जनही ५० हजारका दरले घुस दिन लगाइएको थियो । 

सो काण्ड बाहिरिएपछि सरकारले प्राविधिकहरूलाई कारबाही गरे पनि वडाध्यक्ष गुरूङलाई भने गण्डकी प्रदेशका तत्कालीन मूख्यमन्त्री एवं एमाले नेता पृथ्वीसुब्बा गुरूङले बचाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ