arrow

टुँडिखेलमा गणतन्त्र दिवस (फोटोफिचर)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
RS_KTM_IMGL093405292022.jpg

काठमाडौं । सरकारले १५औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरेको छ ।

गणतन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्याधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

नेपाली सेनाको हेलिकोप्टरबाट पृष्पवृष्टिसहित शुभारम्भ भएको सो कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टुकडीले मार्च पास र राष्ट्रियभावका गीतमा संयुक्त ब्यान्ड प्रस्तुत गरेका थिए ।

समारोहमा ‘मेरो टोपी कैलाशको शीरजस्तो..’, बनेको छ पहराले यो छाती मेरो..’ र ‘धेरै छ गर्न र देशको सेवा नेपाली भन्नलाई..।’ बोलका गीत सङ्गीत गुञ्जिएका थिए । प्रतिकूल मौसमका कारण यसवर्ष विविध जाजातिगत झाँकी र प्रदर्शनी भने राखिएको थिएन । जनताको बलिदानीपूर्ण सङ्घर्षको फलस्वरुप २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको अन्त्य भई गणतन्त्रको घोषणा भएको थियो । हेलिकप्टरबाट पुष्पवृष्टिसमेत भएको थियो । तस्बिरहरुसहित:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ