arrow

टीयू क्रिकेट मैदानमा डे–नाइट खेल्न सकिने, खेलकुद परिषदलाई दुई अर्ब नौ करोड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
budget-2079-080.jpg

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयमा रहेको टीयू क्रिकेट मैदानलाई डे–नाइट क्रिकेट खेल्न मिल्ने गरी स्तरोन्नति गरिने भएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै मैदानलाई स्तरोन्नति गर्ने जनाएका हुन् । त्यस्तै मूलपानी क्रिकेट मैदान यसपालि सम्पन्न हुनेछ । 

सातै प्रदेशमा खेल मैदान बन्ने छन् । सरकारले आर्थिक वर्षका लागि २ अर्ब ९ करोड रुपैयाँमात्र राष्ट्रिय खेलकुद परिषदलाई छुट्टाएको छ । 

युवा तथा खेलकुद मन्त्रालयलाई जम्मा २ अर्ब ४६ करोड रुपैयाँमात्र बिनियोजन गरिएको छ । 

नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि रकम बिनियोजन गरिएको छ भने दशौंका लागि पूर्वाधार निर्माणका लागि रकम बिनियोजन गरेको अर्थमन्त्री शर्माले भनेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ