arrow

लमजुङमा टिपर दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
accident.jpg

लमजुङ । लमजुङमा टिपर दुर्घटनामा हुँदा ४ जना मजदूरको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु भएका चार मजदूरमध्ये चालकको मात्र पहिचान खुलेको छ । 

टिपर चालक धादिङको गजुरी गाउँपालिका वडा नं. ६ भएका २७ वर्षका आकाश घिमिरे रहेका छन् । मृत्यु हुने सबै मध्यपहाडी लोकमार्ग निर्माणमा खटिएकाहरु मजदूर रहेको प्रहरीले जनाएको छ । 

मध्यनेपालको कल्याङबेंशीबाट रामबजारतर्फ आउने क्रममा बा४ख ७७८१ नम्बरको टिप्पर आज दिउसो ३ बजे मध्यपहाडी लोकमार्ग अन्तर्गतको मध्यनेपाल नगरपालिका वडा नं. ७ कोइलेनीमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुुङका सूचना अधिकारी जगदिश रेग्मीका अनुसार टिपर मध्यपहाडी लोकमार्गको सडकबाट करिब ३० मिटर तल खेतमा खसेको छ । टिपर दुर्घटना हुनुको कारण भने खुल्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ