arrow

 थासाङ–२ मा दुर्घटनाग्रस्त भएको अवस्थामा भेटियो तारा एयरको विमान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १६ सोमबार
tara-air-crash-2079-02-15.jpg

काठमाडौं । बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए ।

‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले भने ।  आइतबार पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो । विमानमा चालक दलका तीनसहित २२ जना सवार रहेका थिए । जसमा चार भारतीय र दुई जर्मन नागरिकसमेत थिए । 

आइतबार बिमान १० बजेपछि सम्पर्कविहीन भएको विमान खराव मौसमका कारण उद्दार र खोजबिनमा समस्या भएको थियो । 

पोखराबाट स्थानीय समयअनुसार बिहान ९ः५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सो पश्चात् उक्त जहाज सम्पर्कविहीन थियो ।



नयाँ