- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सम्पर्कविहीन तारा एयरको विमान दुर्घटनाग्रस्त भेटिएको छ । पोखरादेखि जोमसोम हिँडेको विमान मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा दुर्घटनाग्रस्त फेला परेको हो ।
नागरिक उड्डयन कार्यालय का अनुसार जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार थिए ।
चालक दलमा पाइलट प्रभाकर घिमिरे, को पाइलट उत्सव पोखरेल र एयरहोस्टेज किस्मी थापा रहेका थिए।
दुई जर्मन नागरिक वी विलनर र मेइक ग्रिटग्राफ । चार भारतीय नागरिक ऋतिका त्रिपाठी, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी र बान्देकर वैसवी रहेका थिए ।
साथै तेह्र जना नेपाली रहेका थिए । जसमा धनुषाका गोले परिवारका सात जना रहेका छन् ।
विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेका छन् ।
अन्यमा वसन्त लामा, राजनकुमार गोले, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार रहेका थिए ।
यात्रुहरूको अवस्था बारे सरकारले खुलाएको छैन ।