arrow

प्राधिकरणले गर्‍यो विमान दुर्घटनाग्रस्त भएको पुष्टि, घटनास्थलमा हेलिकप्टर अवतरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १६ सोमबार
civil-aviation-authority.JPG

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा एयरको विमान दुर्घटनाग्रस्त भएको पुष्टि गरेको छ । प्राधिकरणले हिजो बिहानदेखि बेपत्ता भएको तारा एयरको ट्वीनओटर ९एन-एईटी विमान मुस्ताङ जिल्लाको थासाङ-२ मा १४ हजार ५ सय फिटको उचाइमा दुर्घटनाग्रस्त भएको पुष्टि गरेको हो ।

प्राधिकरणले सोमवार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “मिति २०७९ जेठ १५ तदअनुसार २९ मे २०२२ आइतबार बिहान पोखराबाट जोमसोमतर्फ ९:५५ बजे उडेको तारा एयरको ९एन-एईटी, डीएचसी-६ ट्विनअटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भीरमा १४ हजार ५०० फिटको उचाइमा दुर्घटना भएको जानकारी गराउँछौ| ' 

बिहान ८: १० बजे उक्त स्थानमा हेलिकप्टर अवतरण गरेको प्राधिकरणले जनाएको छ । हाल उद्धार कार्य जारी रहेको बताइएको छ ।

पोखराबाट स्थानीय समयअनुसार बिहान ९:५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०:७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सो पश्चात् उक्त जहाज सम्पर्कविहीन थियो ।



नयाँ