arrow

उपत्यका बिहानैदेखि धुम्म, बागमतीका केही स्थानमा वर्षा, यस्तो हुनेछ समग्रमा दिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
cloud-black-weather-monsoon.jpg

काठमाडौं ।उपत्यका बिहानैदेखि धुम्म, बागमतीका केही स्थानमा वर्षा, यस्तो हुनेछ समग्रमा दिन अहिले प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली  रही अन्य भूभागमा आंशिक बदली  रहेको छ।  बागमती प्रदेशका एकदुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौं उपत्यकामा बिहानैदेखि धुम्म रहेको छ । वर्षा हुन पनि सकिरहेको छैन र आकाश खुल्न पनि सकिरहेको छैन । सामान्य छिटा पनि वर्षा हुन नसकेको हो । सोमबार साँझसमेत हल्का छिटा परे पनि वर्षा हुन सकेको थिएन । 

दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि  सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका केही  स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग  र  हावा  हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश  र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग  र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका केही  स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग  र  हावा  हुरीसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरेको छ । 

 बुधबार र बिहीबारसमेत मौसममा बदली रहेको महाशाखाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ