arrow

एमाले कास्कीले गर्‍यो तीन जना कार्यकर्तालाई निलम्वन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १८ बुधबार
UML Kaski.jpg

पोखरा । नेकपा एमाले कास्कीले आफ्ना तीन जना कार्यकर्तालाई निलम्वन गरेको छ । पार्टी अध्यक्ष मनबहादुर गुरुङले बुधबार एक विज्ञप्ति जारी गर्दै तीन जना कार्यकर्तालाई कारबाही गरेको उल्लेख गरेका छन् । 

पार्टीबाट निलम्बित हुनेमा पोखरा महानगरपालिका वडा नं. ३३ वडा कमिटी उपाध्यक्ष महेश अर्याल, पोखरा-३३ का सदस्य प्रशान्त अर्याल र पोखरा-२१ का सदस्य मनोज पहारी छन् । 

अध्यक्ष गुरुङले सम्बन्धित कमिटीले स्पष्टीकरण सोधेको र कारबाही प्रक्रिया अघि बढाएपछि त्यसलाई निष्कर्षमा पुर्‍याउन उनीहरूलाई निलम्बन गरिएका विज्ञप्तिमा उल्लेख छ ।

तीन कार्यकर्तालाई कारबाही गरिएको विज्ञप्ति सार्वजनिक भएपछि सानालाई मात्र कारबाही गरिएको भन्दै सामाजिक सञ्जालमा एमाले कास्कीको आलोचना भएको छ ।



नयाँ