- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव आफन्तले बुझेका छन् । त्रिवि शिक्षण अस्पताल महारन्जगन्जमा बुधबारसम्मा पोस्टमार्ट सकेर बिहिवार आफन्तलाई बुझाइएको हो ।
आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका २ सानोसरेमा तारा एयरको विमान दुर्घटनामा परेको थियो । जहाजमा चालक दलका तीन जना क्याप्टेन प्रभाकर घिमिरे सहचालक उत्सव पोख्रेल, परिचालिका किस्मि थापासहित नेपाली नागरिक इन्द्रबहादुर गोले, पुरुसोत्म गोले, राजनकुमार गोले, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकमाया तामाङ, तुलसादेबी तामाङ रहेका थिए ।
यस्तै जहाजमा भारतीय नागरिकमा भाइ भाइ बन्देकर, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, रीतिका त्रिपाठी रहेका थिए । साथै जर्मन नागरिकमा मेकग्रीफ्ट ग्राफ तथा वइ वइल्नर सवार रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
घटनास्थल समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको छ । आइतबार मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्रा टुक्रा परेको अवस्थामा सोमबार बिहान फेला परेको थियो । पोखराबाट आइतबार बिहान ९:५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०:०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो ।
विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग समेत गठन गरेको छ ।