arrow

दुई वायुको प्रभावले यस्तो हुनेछ आजको मौसम 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २० शुक्रबार
weather-2022-evergreen.jpg

काठमाडौं । नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। 

बिहान प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १,  बागमती र गण्डकीका थोरै स्थान र मधेश प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति प्रदेश १ का थोरै स्थानमा र बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई  स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 शनिबार प्रदेश १,  बागमती र गण्डकीका थोरै स्थानमा वर्षाको सम्भावना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ