- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेका सांसद नवराज सिलवालले सरकारलाई मल उपलब्ध गराउन माग गरेका छन् । शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सिलवालले यस्तो बताएका हुन् ।
उनले भने,'बजेट ल्याएर उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्ने भनेर लिएर आयो । ठिकै लिएर आयो होला भनेको आज मात्र मेरो निर्वाचन क्षेत्रका एक जनाले मल पाइएन भन्नुभयो । मकै, धानमा मल हाल्न पाइएन बोल्दिनु भन्नुभयो । म यहाँ बोली रहेको छु । सरकार मल चाहियो । तर यो सरकारले सुन्ने वाला छैन । सरकारसँग नीति कार्यक्रम स्टोरेज केही छ छैन होला ।'
उनले पेट्रोलियम पदार्थको मूल्य बढे पनि सरकारले समायोजन गर्न नसकेको गुनासो गरे । उनले भने ,' पेट्रोलियम पदार्थको मूल्य बढेको छ । सरकार अन्तर्राष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको मूल्य बढैको छ हामी के गर्न सक्छौ र भनेर । अन्तर्राष्ट्रिय कारणले भएको छ हामीले के गर्न सक्छौ भनेर पन्छिने काम सरकारको देखिएको छ त्यो खेदजनक छ ।'
'सरकार आफ्नो जिम्मेवारीबाट पन्छिरहेको छ । सरका हुनु भनेको सरकार हुनु मात्र होइन । जनताको अभिभावक हुनु होला । मन्त्री बन्ने, प्रधानमन्त्री मात्र बन्ने, झण्डा हल्लाएर गाडीमा हिँड्ने मात्र होइन । जनताको जनजीविका सरल बनाउन सरकारले प्रयत्न गर्नुपर्छ ।'