arrow

ट्रकको ठक्करबाट अटो चालकको घटनास्थलमै मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २१ शनिबार
Accident-sign.jpg

धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नं. १ सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिँदा आज अटो चालकको मृत्यु भएको छ ।

काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको ना६ख १२७२ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश०३-००१ह १८१७ नंको अटोलाई ठक्कर दिँदा अटो चालक नीलकण्ठ नगरपालिका-५ खाल्टे घर भई बेलकोटगढी निवासी ३५ वर्षीय कमल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

दुर्घटनापछि राजमार्ग अवरुद्ध भएको छ । पीडित पक्षले क्षतिपूर्ति र ट्रक चालकलाई कारबाहीको माग गर्दै सिम्लेमा पृथ्वी राजमार्ग अवरुद्ध गरिरहेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ