arrow

टिपरले हानेर लियाे ईश्वरको ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २१ शनिबार
Accident-sign.jpg

तनहुँ । तनहुँमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका वडा नं. १ निवासी २१ वर्षीय स्कूटर चालक ईश्वर क्षेत्री रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा सख्त घाइते क्षेत्रीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

पृथ्वीराजमार्ग सडकखण्डअन्र्तगत व्यास नगरपालिका वडा नं. १२ देउरालीमा आज साँझ टिपरले क्षेत्री सवार स्कूटरलाई ठक्कर दिंदा दुर्घटना भएको हो । 

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग१क ५५३३ नम्बरको टिपरले विपरीत दिशामा गुडिरहेको ग१५प १४८४ नंको स्कुटरलाई ठक्कर दिँदा उक्त घटना भएको हो । 

टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घटनापश्चात स्थानीयवासीले पृथ्वीराजमार्ग सडकखण्ड अवरुद्ध गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ