arrow

महाकालीमा जल मापनको डिजिटल यन्त्र जडान

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७९ जेठ २२ आइतबार
jalmapan.jpg

दार्चुला । नेपाल-भारतको सीमा भएर बग्ने महाकाली नदीमा डिजिटल जलमापन यन्त्र जडान गरिएको छ । वर्षातमा पानीको सतह बढ्ने हुँदा मापन गर्न दार्चुलास्थित महाकाली नगरपालिका-९ दत्तुमा डिजिटल जलमापन यन्त्र जडान गरिएको हो ।

 सुदूरपश्चिम प्रदेशको अत्तरियास्थित जल तथा मौसम विज्ञान केन्द्रका कार्यालय प्रमुख गोविन्द झा नेतृत्वको टोली यन्त्र जडानका लागि दार्चुला आएको थियो ।

 टोलीले तीन दिन लगाएर दत्तुस्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुलको बायाँ साइडतिर river water level sensor  यन्त्र जडान गरेको हो । जडित यन्त्रको जानकारी नेपाल टेलिकमको सिमको माध्यमबाट वेबसाइटमा जाने र वेबसाइट www.hydrology.gov.np मा गई river watch मा गई हेर्न सकिनेछ । यहाँ जडित यन्त्रले महाकालीको जल स्तरको अवस्था काठमाडौंबाट पनि हेर्न सकिने बताइएको छ ।

महाकाली नदीमा जलस्तर नाप्ने कुनै यन्त्र जडान नगरिँदा २०७० सालमा जलस्तर बढ्न गई ठुलो जनधनको क्षति भएको थियो । त्यसपश्चात् महाकाली नगरपालिका-९ दत्तुस्थित महाकाली नदी किनारमा जलस्तर नाप राखिएको थियो । अहिलेसम्म महाकालीको जलस्तर उसै नापका आधारमा मापन गरिने गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ