arrow

उच्च शिक्षा लिन बेलायत जान चाहनेका लागि निम्तो, हुँदै ‘दि लार्जेष्ट यूके एजुकेशन फेयर’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २२ आइतबार
285388825_1087822302149175_4411354251676373867_n (1).jpg

काठमाडौं । एसआईयूके नेपालले जुन ११ अर्थात् जेठ २८ गते होटल एभरेष्टमा दि लार्जेष्ट यूके एजुकेशन फेयर २०२२ को आयोजना गर्ने भएको छ । आइतबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्दै एसआईयूके नेपालले सो जानकारी गराएको हो । 

अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिमाझ प्रत्यक्ष जानकारी गराउने उद्देश्यले एसआईयूके नेपालले आफ्नो स्थापना कालदेखिनै बेला–बेलामा यस्तो किसिमको शैक्षिक मेलाको आयोजना गर्दै आएको संस्थाका निर्देशक विनय अधिकारीले जानकारी दिए ।

फेयरमार्फत विद्यार्थी र अभिभावकले यूकेका ३० बढी विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, कोर्सेस्, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी पाउने एसआईयूके नेपालका कन्ट्री म्यानेजर अस्गर हुँसेनले बताए । 
 
फेयरमा उपस्थित हुने विद्यार्थी जसले फेयरमै विदेश अध्ययनको प्रक्रिया शुरु गर्दछ उनीहरुलाई निःशुल्क आईईएलटीएस, निःशुल्क प्रोसेसिङ र गिफ्ट हाम्पर प्रदान गरिने संस्थाका सिनियर कन्सल्टेन्ट सुवास अधिकारीले जानकारी दिए । 

र्वैदेशिक अध्ययनमा जान चाहने सम्पूर्ण विद्यार्थी तथा उनका अभिभावकलाई मेलामा भाग लिई विश्वविद्यालयको हरेक पक्षका बारेमा प्रतिनिधिहरुसँग जानकारी लिई मौकाको फाइदा उठाउन एसआईयूके नेपालकी ब्रान्च म्यानेजर सुस्मित शिवाकोटीले जानकारी दिए । 

‘हाम्रो आएल्स पिटीई निकै नै उत्कृष्ठ छ, हामीले हाइटेक इन्भारोमेन्टमा पटक पटक मुग टेक्स्ट गराई विद्यार्थीको प्रतिस्पर्धी बढाउँदछौँ’, एसआई यूके नेपालकी आएल्स पिटीई इन्स्टक्टर रुबा इमानले भनिन् । 

‘फेयर निकै नै प्रभावकारी हुने र प्लस टु सकेका विद्यार्थीहरुलाई लक्षित गर्दै हामीले मार्कटिङ स्ट्राटिजी अपनाएका छौं, यसै पत्रकार सम्मेलनमार्फत म सम्पूर्ण विद्यार्थी र अभिभावकलाई होटल एभेरेष्टमा हुन गइरहेको द लार्जेस्ट यूके एजुकेसन फेयरमा आउनको लागि आह्वान गर्दछु’, मार्केटिङ म्यानेजर संगीता ओलीले भनिन् । 

फेयरमा ३ हजार ७५ जनाले एसआई यूकेको वेभसाइटमार्फत रजिष्ट्रेशन गरिसकेको बताउँदै हजारौँ विद्यार्थीले सहभागिता जनाउने दाबी गरिएको छ । डेढ दशक बेलायतमा बिताएका विनय अधिकारीले शैक्षिक मेलामार्फत विद्यार्थी र अभिभावकहरुलाई बेलायती शैक्षिक प्रणाली, अवसर र नेपाली समुदायको विकासका बारेमासमेत जानकारी गराउने छन् । 

‘हाम्रा कार्यालयहरु विश्वका ४० वटा देशमा संचालन छन् । यी ४० वटा देशमा रहेर ७९ ठाउँमा ग्लोबल अफिसहरु  संचालन छन् । यस अन्तर्गत हाम्रो १५८ विश्वविद्यालयसँग आबद्ध भएर बिगत १६ वर्षदेखि सेवा प्रभा गरिरहेका छौं’, अधिकारीले भने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ