- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले भुटानलाई हराएको छ ।
मलेसियामा सोमबार भएको खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको हो ।
भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।
नेपालको जीतमा सानु राजवंशीले सर्वाधिक ३० रनको योगदान दिइन् । त्यसैगरी साना प्रविणले १२ रन जोडिन भने सृष्टी जैसीले आठ। आश्मा पुलामी मगरले तीन, कप्तान कृतिका मरासिनीले दुई तथा एलिसाकुमारी यादवले अविजित दुई रन बनाइन् । बलिङमा भूटानकी साङ्गे वाङ्वोले तीन विकेट लिइन् भने सोनम र अन्जुली घलेले १–१ विकेट लिए ।
टस जितेर ब्याटिङमा उत्रिएको भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६६ रन बनाएको थियो।
भूटानका लागि कप्तान एन्गावाङ छोडेन र साङ्गे वाङ्मोले समान ११ रन बनाइन् । त्यसैगरी पेमा याङ्चेनले नौ तथा छाडो ओमले छ रन जोडिन् । बलिङमा नेपालकी कृतिका मरासिनी, अनु कडायत र मनिषा कुमारी उपाध्यायले समान दुई-दुई विकेट लिए ।
यसअघि दुई खेलमा नेपाल यूएईसँग हार ब्यहोर्यो भने कतारलाई जितेको थियो । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्सँग (युएई) सँग १० विकेटले पराजित भएको थियो ।
युएइविरुद्धको खेलमा नेपाल आठ रनमा नै अलअउट भएको थियो । छनोट खेलमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भूटान र कतार रहेका छन् । नेपालले भोलि थाइल्याण्डसँग खेल्नेछ ।