arrow

पोखरामा बसको ठक्करबाट एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
Accident-sign.jpg

पोखरा । पोखरामा आइतबार राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको घिरिङ गाउँपालिका वडा नं. १ घर भई हाल पोखरा महानगरपालिका वडा नं. २७ अर्घौंचोक बस्ने ६५ वर्षीय इमराज लामिछाने रहेका छन् । 

पोखराबाट तनहुँतर्फ जाँदै गरेको ना७ख ४९७६ नम्बरको बसले लेखनाथको बुढीबजारमा आठ बजे लामिछानेलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाइते लामिछानेलाई उपचारका लागि क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बस र बस चालक प्रहरी नियन्त्रणमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ