arrow

मोटरसाइकल दुर्घटनामा अक्षयको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २४ मंगलबार
Accident-sign.jpg

पोखरा । पोखराको हेमजामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिकाम वडा नं. २५ का २७ वर्षीय अक्षयराज कुँवर रहेका छन् ।

सो दुर्घटनामा ३५ वर्षीय दिलिप कुँवर घाइते भएका छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।

नौडाँडाबाट पोखरातर्फ आउँदै गरेको ग१प ७६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक मै पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका कुँबरको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ