arrow

मन्त्री आलेले मुस्लिम समुदायलाई अपमान गरेको खातुनको आरोप 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २५ बुधबार
kalika-khatun.jpg

काठमाडौं ।  नेकपा एमालेकी सांसद कलिला खातुनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मुस्लिम समुदायमाथि अपमान गरेको आरोप लगाएकी छन् । 

प्रतिनिधि सभामा बोल्दै उनले भनिन्,' स्याङ्जाको एक कार्यक्रममा जाँदा मस्जिद बनाउनको लागि ६० लाख माग थियो । मन्त्री आलेले ५ लाख तीन वर्षपछि एक-एक लाख गरेर चलाउनका लागि दिनुभएको छ।  यो भनेको हामीलाई अपमान गरेको मैले ठानेको छु  ।' 

मुसलमान समुदायको प्रतिनिधित्व गर्ने खातुनले  योगेश भट्टराई मन्त्री हुँदा राख्दै आएको बजेट काटेकोमा दुख व्यक्त गरिन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ