arrow

शिक्षासेवी योगन्द्र बस्नेत रहेनन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २६ बिहिबार
Yogendra Basnet.jpg

पोखरा । पोखराका शिक्षासेवी योगेन्द्र बस्नेतको ७५ वर्षको उमेरमा बुधबार निधन भएको छ । उनको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

पोखराको अमरसिंहचोक निवासी बस्नेतले पश्चिमाञ्चल क्षेत्रीय शिक्षा अधिकारी, जिल्ला शिक्षा अधिकारी, स्थानीय विकास अधिकारी, पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष भएर काम गरेका थिए । 

बस्नेतको पार्थिव शरीरलाई अमरसिंह शान्तिपथस्थित निवासमा राखेर श्रद्धाञ्जली दिने कार्यक्रम रहेको र सेती नदीको रामघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।

एथ्लेटिक्सका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका बस्नेत दुई श्रीमती, दुई छोरा र दुई छोरी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ