arrow

जनक शिक्षा सामाग्री खारेज गर्न एमाले सांसदको माग

जनक शिक्षा सामाग्री केन्द्र खारेज गरौँ : लामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २६ बिहिबार
Janak-Shikshya.jpeg

काठमाडौं ।  नेकपा एमालेकी सांसद नबिना लामाले जनक शिक्षा सामाग्री केन्द्र खारेज गर्न माग गरेकी छन् ।  केन्द्रले सयमयमा पुस्तक छपाइ र वितरण गर्न नसकेको भन्दै आजको संसद्मा उनले खारेजीको माग गरेकी हुन् । 

बजारमा कक्षा ६ र ८ को पुस्तक अभाव भएको उनले बताइन् । उनले भनिन् ,' कक्षा ६ र ८ को पुस्तक अभाव छ । किन पुस्तकको अभाव भयो ?'

केन्द्रले समयमै कहिले पनि विद्यार्थीलाई उपलब्ध गराउन नसकेको आरोप लगाइन् । उनले भनिन्,' जनक शिक्षा सामाग्री केन्द्र बचाउने नाममा विद्यार्थीले समयमा पुस्तक कहिले पाएनन् । यदि छपाइ र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामाग्री किन चाहियो ? सरकारले किन पैसा दिइरहने ? खारेज गरौँ।' 



नयाँ