arrow

जसपा–एमाले गठबन्धनले जित्यो जिसस पर्सा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २९ आइतबार
uml-jasapa.jpg

वीरगञ्ज । जिल्ला समन्वय समिति पर्साको प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का नीरज (अजय) साह सोनार विजयी भएका छन् । जसपा र नेकपा एमालेका तर्फबाट साझा उम्मेदवार बनेका उनी दुई मतको अन्तरले विजयी भएका हुन् । 

उनले १५ मत ल्याउँदा उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनका साझा उम्मेदवार सरोज चौरसियाले १३ मत प्राप्त गरे । यसैगरी उपप्रमुख पदमा एमालेका पुरन साह कूल १५ मतसहित विजयी बनेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी कुमारी सोनीले १३ मत प्राप्त गरिन् । 

जिससको नेतृत्वका लागि जसपा–एमाले गठबन्धन मिलेर चुनाव लडेकामा सबै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । नौ सदस्यीय जिसस पर्सामा जसपाबाट तीन र एमालेका चार सदस्य विजयी भएका छन् । एमालेको १० र जसपाको पाँच गरी १५ मत थियो । यसैगरी कांग्रेस १२ र लोसपा एक गरी १३ मत थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ