arrow
ADVERTISEMENT

जिसस सिन्धुपाल्चोकको प्रमुखमा कांग्रेसका श्रेष्ठ निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २९ आइतबार
Sindhupalchok-hamrakura.jpg.jpeg

सिन्धुपाल्चोक । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनको प्यानल  निर्वाचित भएको छ । 

आज सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ १३ मत ल्याई निर्वाचित भए ।

उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गणेश विकले १० मत प्राप्त गरे । एक मत खाली रहेको थियो । यहाँ कांग्रेस र समाजवादी तथा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । बाह्र स्थानीय तह रहेको सिन्धुपाल्चोकमा जिसस निर्वाचनका लागि कूल २४ मतदाता रहेका छन् ।
 
उपप्रमुखमा गठबन्धनबाट समाजवादीका पदमनाथ नेपाल १३ मत प्राप्त गरी विजयी भए । नेपालका प्रतिस्पर्धी एमालेका उम्मेदवार जङ्गप्रताप सिलवालले ११ मत प्राप्त गरे । 

समन्वय समितिको सदस्यमा समाजवादीबाट एक र कांग्रेसबाट छ जनाले १३÷१३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले जानकारी दिए । 

जितबहादुर कार्की, बलराम केसी, विक्रम तामाङ, अम्बिका बस्नेत, ढकमाया सेतो कोइराला, सोममाया श्रेष्ठ, तारा नेपाली सदस्यमा विजयी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ