arrow

मौसम धुमिल, यी क्षेत्रमा वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
Screenshot 2022-06-13 073013.jpg

काठमाडौं । बिहान प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौं उपत्यका पनि मौसम धुमिल रहेको  छ । बिहानै उपत्यकामा वर्षा भएको थियो । 

उपत्यकामा दिनभर मौसम नखुल्ने देखिएको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार प्रदेश १ का धेरै, मधेश, बागमती र गण्डकीका केही स्थानमा वर्षाको आँकलन गरिएको छ भने बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा पनि वर्षा हुनेछ ।

बुधबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

महाशाखाका अनुसार हाल प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको सामान्य प्रभाव  छ । अन्य प्रदेशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने वर्षा हुन सकेको छैन । त्यस्तै मध्य पश्चिममा पनि खुलेर वर्षा हुन नसकेका कारण गर्मीले छटपटी बढाएको छ । कतिपय विद्यालय चरम गर्मीका कारण बिदासमेत भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ