शक्ति कपूरका छोरा पार्टी गर्दा पक्राउ, ड्रग टेष्टमा पोजेटिभ
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
851
Shares
काठमाडौं । बलिउड अभिनेता शक्ति कपूरका छोरा तथा अभिनेत्री श्रद्धा कपूरका भाइ सिद्धार्थ कपूर पक्राउ परेका छन् । उनलाई ड्रग्स लिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पुलिसले बैंगलुरुको एमजी रोडको एक होटलमा चलिरहेको पार्टीमा छापा मारेर सिद्धान्तसमेत छ जनालाई हिरासतमा लिएको हो । पुलिसकाअनुसार पक्राउ परेका सबै ड्रग टेष्टमा पोजेटिभ पाइएका हुन् ।
सिद्धार्थ पनि अभिनेता हुन् । उनले सुटआउट वाडला, चेहरे, अग्लिमा अभिनय गरेका छन् । उनले भुलभुलैया, चु्पचुपके, ढोल, भागमभाग लगायतमा सहायक निर्देशन पनि गरेका छन् ।