arrow

अर्थ मन्त्रालयले भन्यो - बजेट बनाउँदा जिम्मेवार पदाधिकारीहरू बाहेक अरू कसैको सहभागिता छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
ministry-finance.PNG

काठमाडौं । अर्थ मन्त्रालयले बजेट निर्माणका समय प्रक्रियामा तोकिएका जिम्मेवार पदाधिकारीहरू बाहेक अरू कसैको सहभागिता नरहेको बताएको छ । मन्त्रालयका  प्रवक्ता र सहसचिव भूपाल बरालले प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाउका छन् । अर्थमन्त्री जनार्दन शर्मालाई जोडिएर प्रकाशित गरिएको समाचारको अर्थ मन्त्रालयले खण्डन गरेको छ ।

'बजेटलाई अन्तिम रूप दिने सन्दर्भमा १४ जेठ, २०७९ मा समेत बिहानैदेखि मन्त्रालयमा माननीय अर्थ मन्त्रीको नेतृत्वमा सचिव, सचिव (राजस्व) र मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुखहरू तथा भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक समेतको सहभागितामा विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक लगायतका बजेटसँग सम्बन्धित विषयहरू तयारी भएको र यस प्रक्रियामा तोकिएका जिम्मेवार पदाधिकारीहरू बाहेक अरू कसैको सहभागिता नरहेको सबैमा जानकारी गराउँदछौ ।' विज्ञप्तिमा उल्लेख छ । 

आजको प्रतिनिधि सभामा नेकपा एमाले अर्थमन्त्री जनार्दन शर्मासँग स्पष्टीकरण माग गरेका छन् । बजेट निर्माणको समय कसैलाई प्रवेश नदिइने नियमको उल्लङ्घन अर्थमन्त्रीले  गरेकाले स्पष्टीकरण दिनुपर्ने माग राखेका थिए । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ