arrow

अर्थमन्त्री प्रकरणलाई लिएर एमालेले गर्‍यो संसद अवरोध 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३१ मंगलबार
uml-birodh.jpg

काठमाडौं ।  अर्थमन्त्री जनार्दन शर्मा प्रकरणलाई लिएर नेकपा एमालेका सांसदहरूले संसद अवरोध गरेका छन् । सभामुखले अर्थमन्त्रीलाई स्पष्टीकरणको समय दिएपछि एमालेका सांसदहरू उठेर विरोध जनाए हुन् । 

त्यसअघि एमालेका सांसद विशाल भट्टराईले बजे निर्माणमा खास खास घरानाका व्यक्तिसँग बसेर बनाएको आरोप लगाए । उनले भने,' बजेट बनाउन का लागि आधिकारी व्यक्तिको साटा साट रातको १२ बजे अनधिकृत काम भएको भन्ने लागेको थिएन । मन्त्रालयको सबै सौहार्द वातावरणमा प्रत्येक मन्त्रालयका कुरामा सहभागी भएकै थियौ ।  बजे निर्माणमा खास खास घरानाका व्यक्तिसँग बसेर बनाएको हामीलाई शङ्का थियो ।' 

विशाल भट्टराईले कुरा राखेपछि  सभामुखले अर्थमन्त्रीलाई आफ्ना कुरा राख्नका लागि समय दिए । सभामुखले भने,' एमालेलाई नियमावलीको पालना सबैले गरौँ स्पष्टीकरणमा भाग लिनुस् ।  र यो सदनलाई अगाडि बढाउ । म तपाईँहरूलाई आग्रह गर्दछु ।' 

सो समय एमालेका सांसदहरू उठेर विरोध जनाए । सभामुखले स्पष्टीकरण दिन पाउनुपर्‍यो नि त भन्दै आग्रह गरिरहे ।   विरोधसँगै सभामुखले संसद्को सकिएको सुनाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ