arrow

मोटरसाइकल र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३१ मंगलबार
Accident-sign.jpg

चितवन । चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नं. ९ का ५० वर्षीय बलबहादुर तामाङ रहेका छन् । 

कालिका नगरपालिका वडा नं. ५ सीमाचोकमा ना ३९ प २९७१ नम्बरको मोटरसाइकल र २-०३-००७ प ५६७५ नम्बरको स्कुटर स्कूटर एकापसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका तामाङको कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रहरीका अनुसार मोटरसाइकल चालक स्थानीय ४० वर्षीय प्रदीपकुमार श्रेष्ठ, स्कूटर पछाडि सवार कालिका नगरपालिका-३ का ६९ वर्षीय शुकबहादुर तामाङ घाइते भएका छन् । स्कुटर चालक शुकबहादुरका छोरा ३६ वर्षीय विजयमान तामाङ सम्पर्कबाहिर रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ